Wednesday, April 9

Author: Admin

लोकदोहोरीको मिठासमा विद्यार्थी जीवनका स्मृति: ‘झलिझली छ’ कृष्णबाबु भण्डारीको अभिनयमा सार्वजनिक

लोकदोहोरीको मिठासमा विद्यार्थी जीवनका स्मृति: ‘झलिझली छ’ कृष्णबाबु भण्डारीको अभिनयमा सार्वजनिक

साहित्य/मनोरञ्जन
बुटवल, १६ फाल्गुन – विद्यार्थी जीवनका मीठा पलहरू, मायालुसँग बिताएका अविस्मरणीय क्षणहरू र लोकदोहोरीको मिठास बोकेको गीत ‘झलिझली छ’ सार्वजनिक भएको छ। यस गीतमा उदाउँदा मोडल कृष्णबाबु भण्डारी र स्मारिका ढकालको अभिनय रहेको छ। गुल्मी धुर्कोट गाउँपालिका-५, बस्तु मा जन्मिएका भण्डारीले यसअघि ‘म रोएको कस्ले देख्छ र’ जस्ता चर्चित गीतमा पनि अभिनय गरिसकेका छन्। औषधि व्यवसायमा सफल रहँदै, नेपाली लोकसंस्कृति र लोकदोहोरीलाई प्रवर्द्धन गर्ने उद्देश्यले उनले मोडलिङ क्षेत्रमा सक्रियता बढाएका हुन्। गीतका शब्द युवराज डुम्रेको हुन्, जसमा वर्षौंदेखि डायरीका पानामा सीमित भावना संगीतमार्फत प्रस्तुत गरिएको छ। गीतले विद्यार्थी जीवनका रमाइला क्षणहरू, प्रेमका नजिकिएर टाढिएका पलहरू र स्मृतिहरूलाई कलात्मक रूपमा चित्रण गरेको छ। गीतमा लोकप्रिय गायक कमल बीसी ‘माइल दाइ’ र चर्चित गायिका मेलिना राईको सुमधुर स्वर सुन्न ...
९ दिनपछि भेटियो त्रिशूलीमा खसेका रोहितको शव

९ दिनपछि भेटियो त्रिशूलीमा खसेका रोहितको शव

समाज/जिवनशैली
११ फागुन, काठमाडौं । चितवनको त्रिशूली नदीमा खसेर बेपत्ता भएका रोहित रानाको शव ९ दिनपछि फेला परेको छ । उनको शव नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिकै फेला परेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटनामा परी त्रिशूलीमा खस्दा २७ वर्षीय राना फागुन २ गतेबाट बेपत्ता थिए । त्रिशूलीमा तैरिरहेको अवस्थामा उनको शव आज बिहान फेला परेको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक (इन्स्पेक्टर) निरला भण्डारीका अनुसार रानाको शव अहिले पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ । चितवनको भरतपुर महानगरपालिका–१ रामपुर घर भएका उनी बा ००६–०२ प ९२०४ नम्बरको मोटरसाइकलमा एक्लै काठमाडौंका लागि रामपुरबाट निस्किएका थिए । फागुन २ गते बिहान करिब १२ बजेको समयमा राना सवा...
तिलोत्तमा नगरपालिकामा ओटिसी सेन्टरको उद्घाटन: पोषण सुधारतर्फ महत्वपूर्ण कदम

तिलोत्तमा नगरपालिकामा ओटिसी सेन्टरको उद्घाटन: पोषण सुधारतर्फ महत्वपूर्ण कदम

बुटवल, स्वास्थ्य
बुटवल, ३० माघ – रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा Outpatient Therapeutic Care (OTC) Center को उद्घाटन भव्य रुपमा सम्पन्न भएको छ। पोषण मार्फत जीवन रुपान्तरण परियोजना अन्तर्गत सञ्चालनमा आएको यस सेन्टरले नगरका बालबालिकाको स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। कुपोषणको अवस्थाः डाटा र तथ्यांक तिलोत्तमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञान प्रसाद पौडेलका अनुसार नगरमा ३,८१७ बालबालिकाको पोषण लेखाजोखा गरिएको थियो। यस क्रममा ५ जना अति शीघ्र कुपोषित र ८३ जना शीघ्र कुपोषित रहेका पुष्टि भएको छ। कुपोषणको गम्भीर अवस्थालाई मध्यनजर गर्दै, अति शीघ्र कुपोषण भएकाहरुलाई ४२ दिनसम्म भर्ना गरिने र शीघ्र कुपोषित बालबालिकालाई सुपर सेल पोषण प्रदान गरिने योजना रहेको उनले जानकारी दिए। यो कार्यक्रम पुष ८ गतेदेखि सुरु भई नगरपालिकाका १३ वडामा सञ्चालन गरिएको थियो। यस अवधिमा, पो...
नारायणघाट–बुटवल सडकखण्डको निर्माण कार्यलाई तीव्रता, अझै ढिलाइको सम्भावना

नारायणघाट–बुटवल सडकखण्डको निर्माण कार्यलाई तीव्रता, अझै ढिलाइको सम्भावना

बुटवल
दिनेश पाण्डे ! १८ माघ, बुटवल । नारायणघाट–बुटवल सडकखण्डको निर्माण कार्यलाई तीव्रता दिन हालै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको नेतृत्वमा चार सदस्यीय सरकारी टोलीले फिल्ड अनुगमन गरेको छ। सडकको काम अपेक्षाकृत रूपमा अघि नबढेको भन्दै निर्माण कम्पनीहरूलाई दबाब दिइएको छ। निर्माण कार्यको हालको अवस्था यो सडकखण्ड १६० किलोमिटर लामो छ र दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ। पहिलो खण्ड नारायणघाटदेखि दाउन्नेसम्म (११४ किमी) र दोस्रो खण्ड दाउन्नेदेखि बुटवलसम्म (४६ किमी) पर्दछ। हालसम्म केही स्थानमा कालोपत्रे कार्य सुरु भएको भए पनि अधिकांश क्षेत्रमा निर्माण कार्य सुस्त गतिमा अघि बढिरहेको छ। विशेष गरी लोकाहा क्षेत्र, दाउन्ने र बुटवल नजिकका केही भागमा कालोपत्रे सुरु भइसकेको छ। तर, अझै पनि मुख्य संरचनाहरू— पुल, सडक विस्तार, र पर्खाल निर्माण कार्यमा ढिलाइ भइरहेको छ। भारी ...
नेविसंघ लुम्बिनी वाणिज्य क्याम्पसको नेतृत्व सिद्दार्थ श्रेष्ठलाई, ५१ सदस्यीय समिति निर्वाचित https://butwaltime.com/archives/698

नेविसंघ लुम्बिनी वाणिज्य क्याम्पसको नेतृत्व सिद्दार्थ श्रेष्ठलाई, ५१ सदस्यीय समिति निर्वाचित https://butwaltime.com/archives/698

राजनीति
युवराज पाण्डे ! १५ माघ, बुटवल । नेपाल विद्यार्थी संघ (नेविसंघ) लुम्बिनी वाणिज्य क्याम्पसको १२ औं इकाई अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। यो अधिवेशनले सिद्दार्थ श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय समिति सर्वसम्मत निर्वाचित गरेको छ। लामो समयसम्म विभिन्न कारणले अधिवेशन सम्पन्न हुन नसकेको अवस्थामा यो अधिवेशन सम्पन्न हुनु विद्यार्थीहरूको लागि महत्वपूर्ण उपलब्धि मानिएको छ। अधिवेशनको अध्यक्षता नेविसंघ लुम्बिनी वाणिज्य क्याम्पसका उपसभापति ॐमहरी आचार्यले गरेका थिए। नेविसंघ केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि अशोक गौतम उपस्थित थिए। कार्यक्रमको औपचारिक सुरुवात विद्यार्थी नेता ऋषि पन्थीको स्वागत मन्तव्यबाट भएको थियो। अधिवेशनको क्रममा केन्द्रीय प्रतिनिधि अशोक गौतमले नेविसंघको ऐतिहासिक योगदान, विद्यार्थी आन्दोलन र यसको भावी रणनीतिका बारेमा आफ्ना धारणा राख्दै विद्यार्थीहरूको हकहितका लागि नेविसंघले...
बुटवलमा फोहोर टिप्ने, सरसफाइ र जनचेतना अभियानको दौड – प्रथमलाई ५५ हजार

बुटवलमा फोहोर टिप्ने, सरसफाइ र जनचेतना अभियानको दौड – प्रथमलाई ५५ हजार

बुटवल
<strong>दिनेश पाण्डे !</strong> <strong>माघ १५, बुटवल । </strong>"क्लोथ एण्ड फुड बैंक नेपाल" को आयोजनामा फोहोर टिप्ने, सरसफाइ र जनचेतना अभियानको दौड (Trash Race) आगामी माघ १९ गते, शनिवार बिहान ७ बजे बुटवलमा आयोजना हुने भएको छ। यस कार्यक्रमको उद्देश्य वातावरणीय जागरूकता फैलाउने र सरसफाइका महत्त्वपूर्ण पहलुहरूको बारेमा जनतालाई सचेत गराउनु हो। बुटवलका विभिन्न स्थानबाट सुरु हुने यो दौड एक घण्टा लामो हुनेछ, जसमा सहभागीहरूले निर्धारित समयभित्र बढीभन्दा बढी फोहोर संकलन गरेर प्रतिस्पर्धा गर्नेछन्। कार्यक्रमको विशेषता भनेको यसमा सहभागीहरूको फोहोर संकलनको गतिविधिलाई ड्रोनद्वारा प्रत्यक्ष निगरानी गर्ने र स्वयंसेवकहरूको सक्रिय भूमिका रहने छ। यसले कार्यक्रमको निष्पक्षता सुनिश्चित गर्नेछ र सबैको सहभागिता सुनिश्चित गर्नेमा मद्दत पुर्याउनेछ। आयोजकहरूले यसैगरी सबैको सहभागिता र ज...
सिरसिरे सहकारीको चौधौं वार्षिक साधारणसभा सम्पन्न ” बचत कर्तालाई ढुक्क हुन अध्यक्ष शर्माको आग्रह “

सिरसिरे सहकारीको चौधौं वार्षिक साधारणसभा सम्पन्न ” बचत कर्तालाई ढुक्क हुन अध्यक्ष शर्माको आग्रह “

बुटवल
११ कार्तिक, बुटवल । बुटवलमा रहेको सिरसिरे बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौधौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त साधारणसभामा अध्यक्षको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष रामकृष्ण शर्माले सेयर सदस्य तथा बचत कर्ताको रकम सुरक्षित रहेको बताउदै ढुक्कसँग संस्थामा कारोबार गर्न आग्रह गरेका छन् । अहिले सहकारी क्षेत्रमा कालो बादल मडारिएको बताउदै सहकारीहरु प्रति आम नागरिकहरुको हेर्ने दृष्टिकोण फरक देखिएको बताए। अहिले राष्ट्रव्यापी सहकारी पिडितहरुको आन्दोलन चलेको बताउदै तत्काल सहकारीमा बचत गरेका बचत कर्ताहरुको रकम फिर्ता गर्न माग समेत गरे । बाहिरका सहकारीहरुको हल्लाको पछि नलाग्न आफ्ना सेयर सदस्यहरुलाई आग्रह गर्दै सबै सुचाङकहरुले सिरसिरे सहकारी राम्रो भएको पुष्टि गरेको अध्यक्ष शर्माले स्पष्ट पारे । आफ्नो सहकारीले मुख्यतः कृषि तथा उत्पादन क्षेत्रलाई प्रार्थमिकता दिए...
सिरसिरे सहकारीको १४औं साधारणसभा सम्पन्न

सिरसिरे सहकारीको १४औं साधारणसभा सम्पन्न

आर्थिक/ब्यापार, बुटवल
११ कार्तिक, बुटवल । बुटवलमा रहेको सिरसिरे बचत तथा ऋण सहकारी संस्था लि को १४ अौं वाषिर्क साधारणसभा सप्पन्न भएको छ । बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा देवि अर्यालको प्रमुख आतिथ्यतामा उक्त साधारणसभा सम्पन्न भएको हो । साधारणसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा देवी अर्यालले बुटवल उपमहानगरपालिका मातहतका सहकारीहरु सुरक्षित रहेको बताइन । अहिले सहकारी क्षेत्रमा ठुलो समस्या देखिएको छ , पुर्ब उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारीको विषय अहिले राष्ट्रिय मुद्दा बनेको र अनुसन्धान पछि सत्यतथ्य पत्ता लाग्नेमा उनले जोडिन । सहकारीहरुले उत्पादन क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिदै आफ्नो मातहतका सहकारीहरुलाई सहयोग गर्न बुटवल उपमहानगरपालिका तयार रहेको पनि बताइन् । सहकारीले बचतको साथसाथै सामाजिक उत्तरदायित्व समेत पूरा गर्नुपर्नेमा जोड दिदै बुटवल उप...
एमाले-माओवादीको राजनीतिक टेकोमा दुर्गा प्रसाईंको अराजकता

एमाले-माओवादीको राजनीतिक टेकोमा दुर्गा प्रसाईंको अराजकता

राजनीति
एमाले-माओवादीको राजनीतिक टेकोमा दुर्गा प्रसाईंको अराजकता ८ असोज, काठमाडौं । नेपाल प्रहरीका अधिकारीहरुले गएको ५ चैतमा गृह प्रशासनको नेतृत्वलाई फोन गरेर दुर्गा प्रसाईंलाई पक्राउ गर्न ‘ग्रिन सिग्नल’ मागे । बैंकको ऋण तथा ब्याज तिर्नु पर्दैन भन्दै कालोमोसो अभियान चलाइरहेको पृष्ठभूमिमा प्रहरीले उनीमाथि निगरानी बढाएको थियो । त्यहिबेला प्रसाईंले सर्वोच्च अदालतका रजिष्टारलाई आफ्नो मुद्दा छिटो पेशीमा चढाउन भन्दै धम्की दिएको सूचना काठमाडौं प्रहरीसम्म पुगेको थियो । ५ चैत २०८० मा एउटा यस्तो घटना भयो, जसलाई देखाउँदै प्रहरीले प्रसाईंलाई पक्राउ नै गर्न अनुमति मागेको प्रहरीका एक उच्च अधिकृत बताउँछन् । त्यो दिन प्रसाईंका दुई सुरक्षागार्ड अदालत परिसरमा अत्याधुनिक हतियार र एक सय राउण्ड गोलीसहित देखा परेका थिए । गेटमै प्रहरीले रोकेपछि प्रसाईंले आफ्नो इजाजत पत्र देखाएका थिए । तर, काठमाडौं प्रहरीबाट ...
सर्वोच्चले प्रहरीसँग माग्यो दुर्गा प्रसाईं पक्राउ गर्नुको कारण

सर्वोच्चले प्रहरीसँग माग्यो दुर्गा प्रसाईं पक्राउ गर्नुको कारण

राजनीति, समाज/जिवनशैली, सूचना-प्रविधि
सर्वोच्चले प्रहरीसँग माग्यो दुर्गा प्रसाईं पक्राउ गर्नुको कारण ८ भदौ, काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरी र सरकारसँग दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण माग गरेको छ । प्रसाईका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरीको साइबर ब्यूरो र जिल्ला अदालत काठमाडौंसँग प्रसाईंलाई पक्राउ गरेर थुनामा राख्नुको कारण माग गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीकी एक नेतृले दिएको उजुरीको आधारमा साइबर ब्यूरोले आइतबार प्रसाईंलाई उनको घरबाटै पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंले प्रसाईलाई ३ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ । तर प्रसाईंका छोरा निराजनले भने आफ्नो बाबुलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्द बन्दी प्रत्यक्षीकरण रिट दायर ग...