एमाले-माओवादीको राजनीतिक टेकोमा दुर्गा प्रसाईंको अराजकता
एमाले-माओवादीको राजनीतिक टेकोमा दुर्गा प्रसाईंको अराजकता
८ असोज, काठमाडौं । नेपाल प्रहरीका अधिकारीहरुले गएको ५ चैतमा गृह प्रशासनको नेतृत्वलाई फोन गरेर दुर्गा प्रसाईंलाई पक्राउ गर्न ‘ग्रिन सिग्नल’ मागे । बैंकको ऋण तथा ब्याज तिर्नु पर्दैन भन्दै कालोमोसो अभियान चलाइरहेको पृष्ठभूमिमा प्रहरीले उनीमाथि निगरानी बढाएको थियो ।
त्यहिबेला प्रसाईंले सर्वोच्च अदालतका रजिष्टारलाई आफ्नो मुद्दा छिटो पेशीमा चढाउन भन्दै धम्की दिएको सूचना काठमाडौं प्रहरीसम्म पुगेको थियो । ५ चैत २०८० मा एउटा यस्तो घटना भयो, जसलाई देखाउँदै प्रहरीले प्रसाईंलाई पक्राउ नै गर्न अनुमति मागेको प्रहरीका एक उच्च अधिकृत बताउँछन् ।
त्यो दिन प्रसाईंका दुई सुरक्षागार्ड अदालत परिसरमा अत्याधुनिक हतियार र एक सय राउण्ड गोलीसहित देखा परेका थिए । गेटमै प्रहरीले रोकेपछि प्रसाईंले आफ्नो इजाजत पत्र देखाएका थिए ।
तर, काठमाडौं प्रहरीबाट ...