सिरसिरे सहकारीको १४औं साधारणसभा सम्पन्न
११ कार्तिक, बुटवल । बुटवलमा रहेको सिरसिरे बचत तथा ऋण सहकारी संस्था लि को १४ अौं वाषिर्क साधारणसभा सप्पन्न भएको छ ।
बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा देवि अर्यालको प्रमुख आतिथ्यतामा उक्त साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा देवी अर्यालले बुटवल उपमहानगरपालिका मातहतका सहकारीहरु सुरक्षित रहेको बताइन । अहिले सहकारी क्षेत्रमा ठुलो समस्या देखिएको छ , पुर्ब उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारीको विषय अहिले राष्ट्रिय मुद्दा बनेको र अनुसन्धान पछि सत्यतथ्य पत्ता लाग्नेमा उनले जोडिन ।
सहकारीहरुले उत्पादन क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिदै आफ्नो मातहतका सहकारीहरुलाई सहयोग गर्न बुटवल उपमहानगरपालिका तयार रहेको पनि बताइन् ।
सहकारीले बचतको साथसाथै सामाजिक उत्तरदायित्व समेत पूरा गर्नुपर्नेमा जोड दिदै बुटवल उप...