Wednesday, April 9

Month: February 2025

लोकदोहोरीको मिठासमा विद्यार्थी जीवनका स्मृति: ‘झलिझली छ’ कृष्णबाबु भण्डारीको अभिनयमा सार्वजनिक

लोकदोहोरीको मिठासमा विद्यार्थी जीवनका स्मृति: ‘झलिझली छ’ कृष्णबाबु भण्डारीको अभिनयमा सार्वजनिक

साहित्य/मनोरञ्जन
बुटवल, १६ फाल्गुन – विद्यार्थी जीवनका मीठा पलहरू, मायालुसँग बिताएका अविस्मरणीय क्षणहरू र लोकदोहोरीको मिठास बोकेको गीत ‘झलिझली छ’ सार्वजनिक भएको छ। यस गीतमा उदाउँदा मोडल कृष्णबाबु भण्डारी र स्मारिका ढकालको अभिनय रहेको छ। गुल्मी धुर्कोट गाउँपालिका-५, बस्तु मा जन्मिएका भण्डारीले यसअघि ‘म रोएको कस्ले देख्छ र’ जस्ता चर्चित गीतमा पनि अभिनय गरिसकेका छन्। औषधि व्यवसायमा सफल रहँदै, नेपाली लोकसंस्कृति र लोकदोहोरीलाई प्रवर्द्धन गर्ने उद्देश्यले उनले मोडलिङ क्षेत्रमा सक्रियता बढाएका हुन्। गीतका शब्द युवराज डुम्रेको हुन्, जसमा वर्षौंदेखि डायरीका पानामा सीमित भावना संगीतमार्फत प्रस्तुत गरिएको छ। गीतले विद्यार्थी जीवनका रमाइला क्षणहरू, प्रेमका नजिकिएर टाढिएका पलहरू र स्मृतिहरूलाई कलात्मक रूपमा चित्रण गरेको छ। गीतमा लोकप्रिय गायक कमल बीसी ‘माइल दाइ’ र चर्चित गायिका मेलिना राईको सुमधुर स्वर सुन्न ...
९ दिनपछि भेटियो त्रिशूलीमा खसेका रोहितको शव

९ दिनपछि भेटियो त्रिशूलीमा खसेका रोहितको शव

समाज/जिवनशैली
११ फागुन, काठमाडौं । चितवनको त्रिशूली नदीमा खसेर बेपत्ता भएका रोहित रानाको शव ९ दिनपछि फेला परेको छ । उनको शव नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिकै फेला परेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटनामा परी त्रिशूलीमा खस्दा २७ वर्षीय राना फागुन २ गतेबाट बेपत्ता थिए । त्रिशूलीमा तैरिरहेको अवस्थामा उनको शव आज बिहान फेला परेको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक (इन्स्पेक्टर) निरला भण्डारीका अनुसार रानाको शव अहिले पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ । चितवनको भरतपुर महानगरपालिका–१ रामपुर घर भएका उनी बा ००६–०२ प ९२०४ नम्बरको मोटरसाइकलमा एक्लै काठमाडौंका लागि रामपुरबाट निस्किएका थिए । फागुन २ गते बिहान करिब १२ बजेको समयमा राना सवा...
तिलोत्तमा नगरपालिकामा ओटिसी सेन्टरको उद्घाटन: पोषण सुधारतर्फ महत्वपूर्ण कदम

तिलोत्तमा नगरपालिकामा ओटिसी सेन्टरको उद्घाटन: पोषण सुधारतर्फ महत्वपूर्ण कदम

बुटवल, स्वास्थ्य
बुटवल, ३० माघ – रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा Outpatient Therapeutic Care (OTC) Center को उद्घाटन भव्य रुपमा सम्पन्न भएको छ। पोषण मार्फत जीवन रुपान्तरण परियोजना अन्तर्गत सञ्चालनमा आएको यस सेन्टरले नगरका बालबालिकाको स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। कुपोषणको अवस्थाः डाटा र तथ्यांक तिलोत्तमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञान प्रसाद पौडेलका अनुसार नगरमा ३,८१७ बालबालिकाको पोषण लेखाजोखा गरिएको थियो। यस क्रममा ५ जना अति शीघ्र कुपोषित र ८३ जना शीघ्र कुपोषित रहेका पुष्टि भएको छ। कुपोषणको गम्भीर अवस्थालाई मध्यनजर गर्दै, अति शीघ्र कुपोषण भएकाहरुलाई ४२ दिनसम्म भर्ना गरिने र शीघ्र कुपोषित बालबालिकालाई सुपर सेल पोषण प्रदान गरिने योजना रहेको उनले जानकारी दिए। यो कार्यक्रम पुष ८ गतेदेखि सुरु भई नगरपालिकाका १३ वडामा सञ्चालन गरिएको थियो। यस अवधिमा, पो...