Monday, December 23

Month: September 2024

एमाले-माओवादीको राजनीतिक टेकोमा दुर्गा प्रसाईंको अराजकता

एमाले-माओवादीको राजनीतिक टेकोमा दुर्गा प्रसाईंको अराजकता

राजनीति
एमाले-माओवादीको राजनीतिक टेकोमा दुर्गा प्रसाईंको अराजकता ८ असोज, काठमाडौं । नेपाल प्रहरीका अधिकारीहरुले गएको ५ चैतमा गृह प्रशासनको नेतृत्वलाई फोन गरेर दुर्गा प्रसाईंलाई पक्राउ गर्न ‘ग्रिन सिग्नल’ मागे । बैंकको ऋण तथा ब्याज तिर्नु पर्दैन भन्दै कालोमोसो अभियान चलाइरहेको पृष्ठभूमिमा प्रहरीले उनीमाथि निगरानी बढाएको थियो । त्यहिबेला प्रसाईंले सर्वोच्च अदालतका रजिष्टारलाई आफ्नो मुद्दा छिटो पेशीमा चढाउन भन्दै धम्की दिएको सूचना काठमाडौं प्रहरीसम्म पुगेको थियो । ५ चैत २०८० मा एउटा यस्तो घटना भयो, जसलाई देखाउँदै प्रहरीले प्रसाईंलाई पक्राउ नै गर्न अनुमति मागेको प्रहरीका एक उच्च अधिकृत बताउँछन् । त्यो दिन प्रसाईंका दुई सुरक्षागार्ड अदालत परिसरमा अत्याधुनिक हतियार र एक सय राउण्ड गोलीसहित देखा परेका थिए । गेटमै प्रहरीले रोकेपछि प्रसाईंले आफ्नो इजाजत पत्र देखाएका थिए । तर, काठमाडौं प्रहरीबाट ...
सर्वोच्चले प्रहरीसँग माग्यो दुर्गा प्रसाईं पक्राउ गर्नुको कारण

सर्वोच्चले प्रहरीसँग माग्यो दुर्गा प्रसाईं पक्राउ गर्नुको कारण

राजनीति, समाज/जिवनशैली, सूचना-प्रविधि
सर्वोच्चले प्रहरीसँग माग्यो दुर्गा प्रसाईं पक्राउ गर्नुको कारण ८ भदौ, काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरी र सरकारसँग दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण माग गरेको छ । प्रसाईका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरीको साइबर ब्यूरो र जिल्ला अदालत काठमाडौंसँग प्रसाईंलाई पक्राउ गरेर थुनामा राख्नुको कारण माग गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीकी एक नेतृले दिएको उजुरीको आधारमा साइबर ब्यूरोले आइतबार प्रसाईंलाई उनको घरबाटै पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंले प्रसाईलाई ३ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ । तर प्रसाईंका छोरा निराजनले भने आफ्नो बाबुलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्द बन्दी प्रत्यक्षीकरण रिट दायर ग...
विपीन जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण

विपीन जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण

अन्तर्राष्ट्रिय, राजनीति, समाज/जिवनशैली, सूचना-प्रविधि
विपीन जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण   ८ असोज, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको सकुशल रिहाइका लागि सहगोग गरिदिन विश्व समुदायसँग आग्रह गरेकी छन् । असंलग्न राष्ट्रहरुको संगठन, नामको मन्त्रिस्तरीय बैठकलाई सोमबार अमेरिकाको न्युयोर्कमा सम्बोधन गर्दै मन्त्री डा. राणाले जोशीको रिहाइका लागि विश्व समुदायसँग पहलका लागि आग्रह गरेकी हुन् । उनले नेपाल विपीन जोशीको स्वागतका लागि व्यग्र प्रतिक्षामा रहेको भन्दै यसका लागि विश्व समुदायको सहयोगको आग्रह गरेकी हुन् । गत अक्टोबरमा हमास समूहद्वारा इजरायलमा भएको आतंककारी आक्रमणमा १० जना नेपालीको ज्यान गएको थियो । सो आक्रमणपछि हमासले जोशीलाई अपहरण गरी लगेका थिए । उक्त हिंसात्मक आक्रमणमा परी अरु पनि कैयौं मानिस मारिएका थिए । सो बैठकमा मन्त्री डा राणाले नेपाल सरकारले सो हमलाको निन्दा गर्दै ...
त्रिविमा ०५८ र ०६९ को सीमा कटेकालाई मौका परीक्षा, एआई प्रयोग गरे परीक्षा रद्द

त्रिविमा ०५८ र ०६९ को सीमा कटेकालाई मौका परीक्षा, एआई प्रयोग गरे परीक्षा रद्द

समाज/जिवनशैली, सूचना-प्रविधि
त्रिविमा ०५८ र ०६९ को सीमा कटेकालाई मौका परीक्षा, एआई प्रयोग गरे परीक्षा रद्द ८ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा प्रणाली अन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका विद्यार्थीहरुले मौका परीक्षाको अवसर पाउने भएका छन् । त्रिवि परीक्षा सुधार समितिको सोमबारको बैठकले सो निर्णय गरेको हो |   समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीको अध्यक्षतामा बसेको बैठकले मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरुको हकमा एकपटकका लागि मौका परीक्षाको अवसर दिने निर्णय गरेको हो । यसैगरी बैठकले त्रिविको जुनसुकै तहको परीक्षामा एआई प्रयोग गरेको भेटिएमा परीक्षा रद्द हुने निर्णय पनि गरेको छ । एआई त्रिभुवन विश्वविद्यालय...
रवीन्द्र मिश्रले भेटे माओवादी अध्यक्ष प्रचण्ड

रवीन्द्र मिश्रले भेटे माओवादी अध्यक्ष प्रचण्ड

आर्थिक/ब्यापार, राजनीति, समाज/जिवनशैली, सूचना-प्रविधि
रवीन्द्र मिश्रले भेटे माओवादी अध्यक्ष प्रचण्ड   ८ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेका छन् । आज बिहान प्रचण्ड निवास पुगेर मिश्रले प्रचण्डलाई भेटेका हुन् । भेटका क्रममा देश विस्फोटनको अवस्थामा रहेको जानकारी गराएको मिश्रले बताएका छन् । र, त्यसलाई रोक्न राजतन्त्र पुनर्स्थापना गर्नुपर्ने भनाइ आफूले राखेको मिश्रले बताए । प्रचण्डले पनि अब यही स्थितिको निरन्तरताबाट देश चल्दैन भन्ने निष्कर्षमा पुगेको बताएको मिश्रले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । मिश्रका अनुसार अब यही अवस्थामा देश नचल्ने बताउँदै प्रचण्डले ‘निरन्तरतामा क्रमभंगता’ अत्यावश्यक भइसकेको बताएका थिए ।प्रचण्डले पञ्चायतकालमा धेरै राम्रो काम भएको महुसुस भएको र राजा महेन्द्रलाई भिजनरी राजा रहेछन् भन्ने थाहा पाएको बताएको मिश्रको द...
सुन तोलामा ५ सय बढ्यो, मूल्यमा दिनदिनै नयाँ रेकर्ड

सुन तोलामा ५ सय बढ्यो, मूल्यमा दिनदिनै नयाँ रेकर्ड

आर्थिक/ब्यापार, सूचना-प्रविधि
सुन तोलामा ५ सय बढ्यो, मूल्यमा दिनदिनै नयाँ रेकर्ड ८ असोज, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ रहेकोमा आज १ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । विगत तीन दिनयता लगातार सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । अमेरिकाले हालै ब्याजदर घटाउनु र आगामी महिनामा थप घटाउने संकेत दिएपछि सुनको मूल्यले एकपछि अर्को रेकर्ड बनाइरहेको छ । सुन बढ्दा चाँदी भने घटेको छ । अघिल्लो दिन प्रतितोला १९२० रुपैयाँ रहेको चाँदी आज १९१५ रुपैयाँमा झरेको छ ।  ...
दुर्गा प्रसाईं रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन

दुर्गा प्रसाईं रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन

राजनीति, समाज/जिवनशैली, सूचना-प्रविधि
दुर्गा प्रसाईं रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन   ८ असोज, काठमाडौं । साइबर अपराध आरोपमा अनुसन्धानका लागि पक्राउ परेका दुर्गा प्रसाईंलाई रिहाइको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।मंगलबार दिउँसो एक समूहले राष्ट्रिय झण्डासहित माइतीघरको सडकमा भेला भएर प्रदर्शन गरेका हुन् । उनीहरुले प्रसाईंलाई रिहा गर्न माग गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी एक नेतृले दिएको उजुरीको आधारमा नेपाल प्रहरीको साइबर ब्यूरोले प्रसाईंलाई आइतबार उनको निवास भक्तपुरबाट पक्राउ गरेको थियो । उनलाई जिल्ला अदालत काठमाडौंले ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । उनी विरामी भएका कारण वीर अस्पतालमा भर्ना भएका छन् |...
अब सरकारी कार्यक्रमको नाममा राष्ट्रपति र प्रधानमन्त्री नजोडिने

अब सरकारी कार्यक्रमको नाममा राष्ट्रपति र प्रधानमन्त्री नजोडिने

राजनीति, समाज/जिवनशैली, सूचना-प्रविधि
अब सरकारी कार्यक्रमको नाममा राष्ट्रपति र प्रधानमन्त्री नजोडिने २ असोज, काठमाडौं । सरकारले राष्ट्रपति र प्रधानमन्त्रीका नामबाट नयाँ योजना र कार्यक्रम नबनाउने भएको छ । ११ भदौको सचिव बैठकले राष्ट्र प्रमुख र सरकार प्रमुखका नाममा अहिले चलिरहेका योजना तथा कार्यक्रम प्रभावकारी नभएको निश्कर्ष निकाल्दै अब यस्ता कार्यक्रम प्रस्ताव नै नगर्ने निर्णय गरेको छ । गत ३१ साउनमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरुलाई प्रधानमन्त्री वा उच्च पदस्थका नाममा नभई ‘जनता’का नाममा कार्यक्रम बनाउन मन्त्री र सचिवहरुलाई निर्देशन दिएका थिए । ‘प्रधानमन्त्री रोजगार जस्ता कार्यक्रम ठूला पदका नामबाट राखियो, यही सिको गर्दै प्रदेशमा पनि मुख्यमन्त्रीसँग फलानो कार्यक्रम भनेर आएका छन्’, उनले भनेका थिए, ‘यो परिपाटीलाई बदलेर जनतासँग रोजगारजस्ता कार्यक्रम राख्न निर्देशन दिन्छु । नयाँपन दिने गरी काम गर्नुस् ।’ यह...
बुटवल अटो ईञ्जिनियरिङमा नयाँ नेतृत्व

बुटवल अटो ईञ्जिनियरिङमा नयाँ नेतृत्व

बुटवल, राजनीति, सूचना-प्रविधि
बुटवल, ०२ असोज । बुटवल अटो ईञ्जिनियरिङ एशोसियशन रूपन्देहीको अध्यक्षमा प्रेम गौचन निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा अध्यक्षमा निर्वाचित गौचनले २४७ मत प्राप्त गरी निर्वाचित भएका हुन । उनका प्रतिस्पर्धी निर्वितमान अध्यक्ष समेत रहेका तुलसीराम न्यौपानेले २३० मत प्राप्त गरेका थिए । बुटवल अटो ईञ्जिनियरिङ एशोसियशनमा नेतृत्व लिनको लागि दुई प्यानल प्रतिस्पर्धामा थिए । जसमा अधिकांस पदमा गौचन नेतृत्वको प्यानलका उम्मेद्वार विजयी भएका छन् । एशोसियशनको उद्योग उपाध्यक्षमा २४२ मत सहित ध्रुवराज भुसाल र वाणिज्य उपाध्यक्षमा २५५ मत सहित बाबुराम आचार्य निर्वाचित भएका हुन । यस्तै महासचिव पदमा २५२ मत सहित पुनित पोखरेल निर्वाचित भएका छन् । कोषाध्यक्ष पदमा २८१ मत सहित नमराज सुवेदी, सचिव पदमा २४१ मत सहित मनिस पाण्डे र सहकोषाध्य पदमा २५० केशवराज भण्डारी निर्वाचित भएका छन् । त्यसैगरी कार्यकारिणी सदस्यमा ...
दसैँका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने

दसैँका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने

आर्थिक/ब्यापार, समाज/जिवनशैली
२६ भदौ, काठमाडौं । दसैँका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दसैँमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र बैंकका साथै बैंकहरूमार्फत समेत सुकिला नोट साट्न सकिने व्यवस्था गर्न लागिएको हो । सुकिला नोट साट्न चाहानेले १८ हजार ५०० रुपैयाँसम्म पाउनेछन् । ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउनेछन् । नेपाल राष्ट्र बैंकले हरेक वर्ष चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही गर्दै आएको थियो । यसवर्ष भने एकपटक प्रयोगमा आइसकेका नोट साट्न पाइने भएको हो । एकपटक प्रयोगमा आएका भएपनि सफा र नयाँ नोट जस्तै हुने राष्ट्र बैंकका ...