बुटवल अटो ईञ्जिनियरिङमा नयाँ नेतृत्व
बुटवल, ०२ असोज ।
बुटवल अटो ईञ्जिनियरिङ एशोसियशन रूपन्देहीको अध्यक्षमा प्रेम गौचन निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा अध्यक्षमा निर्वाचित गौचनले २४७ मत प्राप्त गरी निर्वाचित भएका हुन । उनका प्रतिस्पर्धी निर्वितमान अध्यक्ष समेत रहेका तुलसीराम न्यौपानेले २३० मत प्राप्त गरेका थिए । बुटवल अटो ईञ्जिनियरिङ एशोसियशनमा नेतृत्व लिनको लागि दुई प्यानल प्रतिस्पर्धामा थिए । जसमा अधिकांस पदमा गौचन नेतृत्वको प्यानलका उम्मेद्वार विजयी भएका छन् ।
एशोसियशनको उद्योग उपाध्यक्षमा २४२ मत सहित ध्रुवराज भुसाल र वाणिज्य उपाध्यक्षमा २५५ मत सहित बाबुराम आचार्य निर्वाचित भएका हुन । यस्तै महासचिव पदमा २५२ मत सहित पुनित पोखरेल निर्वाचित भएका छन् । कोषाध्यक्ष पदमा २८१ मत सहित नमराज सुवेदी, सचिव पदमा २४१ मत सहित मनिस पाण्डे र सहकोषाध्य पदमा २५० केशवराज भण्डारी निर्वाचित भएका छन् । त्यसैगरी कार्यकारिणी सदस्यमा ...